जनताको सर्वोच्चता एक निहुँ

नेपालको राजनीतिमासंलग्न दलहरुले एक आपसमा विष वमन गर्नुपर्यो भने सजिलैसँग जनताको नाम अगाडि सारेर माराकाट गर्छन् । एक दललाई अर्को दलले गरेको काम कारवाहिमा चित्त बुझेन भने जनताको नाममा नाराबन्दी, जुलुस, हत्या हिँसा गर्नमा नेपालका दलहरु एकदम सिपालु छन् । तर जुन विषयकोलागी यि कुकृत्य गर्छन ति कुराहरु न जनताले चाहेका हुन्छन् न त त्रि्रो नाममा हामी यसो गरौ है भनेर सोधेका हुन्छन् । फगत हामी जनताको नाममा हाम्रै दोहोलो काटिने गरि मजाक उर्डाई रहेका हुन्छन् । यसलाई एक विडम्बना नै भन्नर्ुपर्छ । किनभने जनताकोलागी भनेर लर्डाई थालिएको दशकौै भई सकेको छ तर जनताको स्तर भने झन झन खस्कँदो छ । राणा कालदेखि पँचायत र प्रजातन्त्र अनि गणतन्त्र या लोकतन्त्रको स्थापना भएको अवस्थामा समेत जनताहरुको अवस्था जहाँको त्यहिँ छ ।

१०४ वर्षे राणा शासनमा जनतालाई जति दमन गरिएपनि तिनिहरुले जनताको नाममा कुनै भाषण या नाराबाजी गरेनन् अपितु जनता सँधै तेश्रो दर्जाको नागरिक रहन बाध्य थिए । त्यसपछि तिनको विरुद्ध २००७ सालमा प्रजातन्त्रको स्थापना भयो तर च्याउ सरह उम्रेका राजनैतिक दलहरु र दरबारको आपसी शक्तिकोलागी खिँचातानीमा जनता घुन नै भई रहे । विचरा जनता मूक दर्शक । दरबार जनताको नाममा शक्ति आफ्नै पकडमा राख्न चाहन्थ्यो भने राजनैतिक दलहरु च्ााहेको शक्तिकोलागी आपसी लर्डाईमा व्यस्त रहेर राष्ट्र् र जनताको भलोलाई कुना पन्छाए अनि जनता सधै घुन नै भई रहे ।

२०१७ सालको पँचायति व्यवस्थाले देश, जनता र राजाको नाममा कठोर र निरँकुश सँविधान लादेर दरबार र दरबारीयाहरु आकास्सिएर धनि र सम्भ्रान्त बने भने बाँकि जनता या त निरिह कर्मचारी, या नाँगो शरीर र भोको पेट बोकेका किसान बनेर जिविका चलाउन बाध्य भए । दिनहुँ रेडियो या टेलिभिजनमा जनताको नाममा खाईने किरियाका भाषणमा आफ्नो नाममात्र सुनिरहे तर प्रत्यक्ष अनुभव र उपभोग भने दिवास्वप्न नै ठानिरहे ।

२०३६ सालको विद्यार्थी आन्दोलनको निहुँमा जारी गरिएको जनमत सँग्रहपनि नितान्त ठट्टा नै रहेको मान्दा अत्युक्ति नहोला । जनताको नाममा गरिएको जनमत सँग्रहको नतिजा जनताको मत विपरित नै आयो तर तथाकथित नतिजापनि जनताकै नाममा दरियो । हुन त तत्कालिन राजनैतिक दलहरुपनि पराजित हुनुमा दोषी भएपनि कसैले यसलाई स्विकार्न सक्दैनन् । यसरी एक पटक फेरि जनता स्वाथी नेता र व्यवस्थाकोलागी गोटि बने र आफु चाहिँ जहाँको त्यहिँ रहे ।

२०४६ सालको आन्दोलनमा अब त केहि होला कि भन्ने आशाले सबै मिलेर पँचायति व्यवस्थाको अवसान गरे र प्रजातन्त्रको पर्ुनर्बहाली गरियो र आशा गरिएका नेतालाई सत्ता सुम्पिइयो । तर ति तथाकथित राष्ट्र् चालकहरु उल्टै तिनै जनताको नाममा अनेक निहुँमा खेलौना बनाउँदै आफु र आफन्तमात्र आकास्सिने उद्यम गरिरहे । चप्पल लगाउने गाडि चढ्ने भए । झुपडिमा बस्ने व्यक्ति महलमा बस्न थाले । यस्तो विकास उनिहरुका मेहनत या व्यवशायबाट नभई चरम भ्र्रष्टाचार र घुसखोरी अनि काण्डहरु मच्चाएर धनि भए । तर जनता विचरा तिनका करतुत चुपचाप लाटाले केरा हेरे झै बाध्य भई रहे । पेट भोकोको भोकै, आँग नाँगोको नाँगै । टायरको धुँवा र बारुदको गन्ध सुँघेको सुँघयै ।
यिनै कारण तथा परिस्थितिलाई कारक बनाई माओवादीहरुले २०५१ सालदेखि सशस्त्र आन्दोलन चाल्यो । शुरु शुरुमा गाउँ टोल, छिमेकमा गन्हाएका तथा भ्र्रष्टाचारीमा गनिएका व्यक्तिहरु उपर तथाकथित भौतिक कारवाही गरेर जनर्समर्थन जुटाउन सफल भयो र शनै शनै यो आन्दोलन देशव्यापी भयो तर यसका साथै हत्याको सिलसिलामापनि बृद्धि भयो । अनेक बहाना तथा कारण देखाई जनताको नाममा थालिएको आन्दोलनले जनतालाई नै त्रसित र आतकिँत तुल्यायो । त्यतिमात्र नभई स्वशासित तथा स्वायत्तको नारा उचालेर एक आपसमा लड्ने र भिड्ने पनि बनायो । अनि जनता जनता नै वैमनश्यको शिकार भएर एकता र भाईचाराको नातामा स्खलन ल्यायो । हराम देखि दैवपनि डराउँछ भने झै माओवादीको अतिपनाले गर्दा अन्ततः शान्तिकामी जनताले सत्तामा पर्ुयायो माओवादीलाई । तर फेरि जनता नै शिकार भए । जनताले सँविधान बनाउन र स्ाविधानको निर्क्याैल नभए सम्म सत्तामा पर्ुयाएको माओवादीले काम कुरा एकातिर भने झै प्रधानसेनापतिको निहुँ उराल्यो । यो प्रकरण चलाउने बेला थिएन । विनासित्तिमा गुहुलाई चलाए गन्ध भने झै अस्थिर राजनितिमात्र निम्त्यायो । तर दलको स्वार्थ पुरा गर्न जनताको र्सवाेच्चताको निहुँमा यस प्रकरणले राष्ट्र उपर सिधै विदेशीको हस्तक्षेप समेत निम्त्यायो । जनताले यो चाहेको या देख्न खोजेका थिएनन् । जनताले मात्र छिटो भन्दा छिटो नयाँ नेपालको सँविधान, शान्ति, सुरक्षा अनि राष्ट्र्को त्रि्रतर विकास देख्न, भोग्न र अनुभव गर्न चाहेका थिए । तर विचरा जनता एक पटक फेरि ठगिए आफ्रनै नाममा । हरे ….।

जनताको नाममा जनताले दिएको निर्देशन पुरा गर्न नसकेर राजिनामा दिएर रिक्त रहन आएको प्रधानमन्त्री पदमा सबै दलहरुमा आपसी भागदौड र लुछाचुँडी भयो । यसै भागदौडमा जनताको नाममा रिक्त प्रधानमन्त्रीको पदमा यस्तो व्यक्तिको चयन भयो जो निर्वाचनमा जनताले नै दुत्कारेका थिए । दर्ुइ दर्ुइ स्थानबाट पराजित व्यक्ति जनताको नाममा राष्ट्र्को प्रधानमन्त्री भए र तिनै व्यक्तिले जनताकोलागी मरिमेट्ने वाचा गरेका छन् । पराजित व्यक्ति नालायक हुन्छ भन्ने छैन । तर यहाँ प्रक्रिया, मूल्य र मान्यताको सवाल हो । नवस्थापित प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको रँगमँचमा एक पराजित व्यक्ति प्रधानमन्त्री र उनकै मातहतमा अर्काे पराजित व्यक्ति मन्त्री हुन्छ भने यो भन्दा ठुलो जनताको उपहास के हुन सक्ला र – यो भन्दा ठुलो प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको उपहास के हुन सक्ला र – यसभन्दा ठुलो पदलोलुपता र दर्रि्रपनाको उदाहरण के हुन सक्ला र – चुनावमा तिरस्कृत व्यक्तिले कुन आधारमा आफुलाई तिरस्कार गर्नेहरुको उद्धार र कल्याण गर्छ भन्ने आशा गर्नु – अनि जनताको नाममा गरिएको सम्बोधन के को आधारमा पत्याउने – राजाको आव्हानमा प्रधानमन्त्रीको पदमा दरखास्त हाल्ने व्यक्तिले राष्ट्र्को नाममा सम्बोधन गर्दा निरकँुश राजतन्त्र भनेर उच्चारण गर्ने व्यक्तिको सपथ कुन हिसाबले पत्याउनु । उपप्रधानमन्त्रीको पदमा नियुक्त हुनेबेलामा आमाको किरिया नबसेर धर्म कर्ममा विश्वास नगर्ने तथा आधुनिक विचारका देखाउनेले प्रधानमन्त्रीको पदको सपथ र कार्यालय सम्हाल्न ज्योतिषि शास्त्र र धर्मकर्मको आड लिने ढोँगीको कसरी विश्वास गर्ने – राष्ट्र्को शक्तिशाली पदकोलागी सपथ गर्दा न त धर्मको नाममा, न त जनताको नाममा सपथ लिने व्यक्तिले राष्ट््र र जनताको हितमा काम कसरी गर्ला भन्ने चिताउने – तर जनताको नाममा प्रधानमन्त्री भएरै छोडे । भलै यस सरकारको दर्ीघायू नहोला तर अपुरै भएपनि सरकार त बन्यो जनताको नाममा । जहाँ फेरि एक पटक जनता ठगिए र दविए जनता आफ्नै नाममा । फगत उपहासित जनता भएर । तर नारा भने सँधै जनताको र्सवाेच्चता नै आकाशमा गुँजायमान भई रह्यो र यो क्रम कहिले सम्म ?

(माइसंसार डट कमबाट साभार)

Related posts:

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: