बँक पक्राउ परेपछि |

आजको कान्तिपुरमा प्रकाशित ‘लभ ईन काश्मिर’ शीर्षकको ब्लगमा क्लास बँक गर्ने बारेको लेख पढेपछि बाल्यकालमा आफुले बँक गरेको सम्झना टड्कारो भएर आयो । यस्ता बँकको बारेमा थुप्रै समाचार तथा लेखहरु पढेको भएपनि आज कुन्नी किन हो आफुले गरेका ति बँकको सम्झनामात्र आएन कि लेखेर तपाईहरुलाईपनि शेयर गर्न मन लाग्यो । पढेर तपाईहरुले मप्रतिको धारणा जेजस्तो बनाउनुस् स्वतन्त्र हुनुहुन्छ ।
म र मेरो टोले साथी उ ले गर्ने बँक आजकलका प्रेमी प्रेमीकाको कारण जस्तो चाहिँ थिएन । बँक भन्ने शब्दको उत्पत्ति नै भएको थिएन कि । बल्कि हामी भाग्थ्यौँ । म चेतभवनको नवजिवन विद्याश्रममा पढथेँ । कक्षा ६ मा । मेरो साथी उ क्षेत्रपाटीको जेपी हाईस्कूलमा पढ्थ्यो । उपनि ६ कक्षामा नै । कसोकसो एकदिन हामीले सल्लाह गर्याैँ क्लास नगई घुम्न जाने । मेरो बुवाआमा जनकपुरमा भएको हुँदा घरमा सोझा हजुरबा हजुरआमालाई छल्न ढाँट्न सजिलो थियो । तर उलाई भने त्यस्तो थिएन । तरपनि हामीले यस्तो निर्णय लियौँ ।
बाँसबारी घर भएका हामीमध्ये सामान्यतया म चेतभवनको स्टपमा बसबाट ओर्लिएर स्कूल जान्थेँ भने उ लैनचौरको स्टपमा ओर्लिएर क्षेत्रपाटी पुग्थ्यो । तर बँक गर्ने दिनमा भने म लाजिम्पाटमा या शँकर होटेलमा ओर्लिने गर्थेँ । अर्थात चेतभवनभन्दा एक स्टप अगाडी या पछाडि । उ भने लैनचौरमा नै ओर्लिईन्थ्यो । अनि त्यहाँ भेटेर आफ्नो गन्तव्यतिर हानिन्थ्यौँ । अक्सर नजिकै रहेको भारतीय दूतावासमा गएर दिनभर चाकलचुकल या यस्तै खेलेर स्कूल छुटेको समुहमा मिसिन दूतावासको लाजिम्पाटको व्दारबाट निस्किएर त्यहिँबाट बस चढेपछि हामी स्कूलबाटै भर्खर निस्किएका जस्ता हुन्थ्यौँ । या कहिले लैनचौरबाट विभिन्न बाटो हुँदै स्वयम्भू अनि त्यहाँबाट निर्माणाधिन चक्रपथ हुँदै एयरपोर्ट अनि पाखापाखाबाट गुह्यश्वरी, चावेल हुँदै स्कूलबाट घर पुग्ने समयमा टुप्लुक्क पुग्थ्यौँ ।
यसैगरी कहिले विश्वज्योति या जयनेपाल सिनेमाहलमा दिन बित्थ्यो । दुबैले पुरा टिकट किनेर हेर्न पैसा नपुग्ने हुँदा एउटा टिकट किन्ने अनि पहिला एकजना पस्ने । अर्काे बाहिर बस्ने । हाफ टाईममा पालो साट्ने । अर्थात भित्र पसेको अब बाहिर बस्ने, बाहिर बसेको चाहिँ सिनेमा हेर्न भित्र पस्ने । यसरी दुबैले आधाआधा सिनेमा हेरपछि घर जाने क्रममा एकार्काको छुटेको भाग सुनाउने गरेर एउटा सिनेमा पुरा गथ्र्याैँ । तर कहिलेकाहिँ हाफटाईममा मौका मिले दुबै भित्रै हुन्थ्यौं । यस्तो भएको मौकामा चाहिँ दुबैले दुबैलाई कथा भन्नुपर्ने स्थितिको अन्त्य हुन्थ्यो र साह्रै दँग पथ्यौँ ।
यसरी क्लास बँक गरेपनि हाम्रो एउटा सिद्धान्त भने थियो । त्यो थियो आईतवार चाहिँ स्कूल जाने । किनभने आईतवार हप्ताको पहिलो दिन र हप्ताको पहिलो दिन स्कूल जानुपर्छ भन्ने हाम्रो आफ्नै केटौले मान्यता थियो । तर, आईतवार सरबाट पाईने गोदाईबाट भने त्राहित्राहि हुनुपथ्र्याे । उलाई त के गर्थ्यो कुन्नी । सम्झना भएन । तर मलाई भने सरले क्लासमा देखेपछि हाजिर लिने समयमा ‘मेरो प्यारो साथी बासु’ भनेर बोलाउँथ्यो । म भने सँकुचनमा परेर ‘यस् सर’ भन्न पाउँदा नपाउँदै मेरो कन्चटको रौँ तानिई सकेको हुन्थ्यो । बाँयापट्टि केटिको लहरमा हाँसो चल्थ्यो भने मेरो मनमा ग्लानीको आगो रन्कन्थ्यो । र भोलीदेखी फेरी टाप ।
त्यो नवजीवन स्कूल निशुल्क भएपनि पढाई र कडाई राम्रो थियो । अहिले मलाई अलि ग्लानी नै हुन्छ । त्यहाँ सँस्कृत लगायत सामान्य पढाई बाहेक कारपेण्ट्र्री तथा अन्य व्यावशायिक शिक्षा र प्रयोगात्मक शिक्षा पनि दिईन्थ्यो । यि दुबै विषयमा भने म कक्षा टप थिएँ । भलै अरु मूख्य विषयमा भने सामान्य पासमात्र हुन्थेँ ।
यसरी हप्ताको पाँचदिन बँक गर्ने बानी हामीलाई परिसकेको थियो । एकदिन सँधैको झैँ बँक गरेर स्कूलबाट घर पुग्ने समयमा साँखुल्ले भएर घर पुग्यौँ । मपनि उकै घर गएको थिएँ । उ भित्र पस्यो । उको बुवा (मपनि बुवा नै भन्थेँ) भने उलाई कुरेर बस्नुभएको रहेछ । उभित्र पस्ने बित्तिकै एक लपटा हान्दै ‘तँ आज स्कूल नगएर कहाँ गएको थिईस्’ भनेर सोध्नुभयो । आज नमज्जाले भेद खुलेको रहेछ । हामी स्कूल नहुँदा बुवा उको स्कूलमा जानुभएको रहेछ र उ स्कूलमा नभएको थाहा पाएर रीसले आगो हुनुभएको रहेछ । उको घरभित्र पस्ने मेरो आँट आएन । नत्र मैलेपनि लपटा खान बेर थिएन । उले स्पष्टिकरण दिई रहेकै बेलामा मैले आफ्नो घरको बाटो तताएँ । म आफ्नो घरमा भने अझै भाले नै थिएँ । सोझा र नातीलाई माया गर्ने हजुरआमा बालाई नातिको करतुतबाट अनभिज्ञ मलाई सदा झैँ खाजाले स्वागत गर्नुभयो । मलाई आज भने कताकता ग्लानी भयो ।
यहि गाली र ग्लानीको कारणले अब उपरान्त क्लास छोडेर नभाग्ने भयौँ त्यहाँ उपरान्त असल विद्यार्थीका रुपमा पढदा भयौं ।

(उ मेरो बाल्यकालको असाध्य मिल्ने साथी भएकोले उको नाम सार्वजनिक नगरेको हुँ)

Advertisements

जनताको सर्वोच्चता एक निहुँ

नेपालको राजनीतिमासंलग्न दलहरुले एक आपसमा विष वमन गर्नुपर्यो भने सजिलैसँग जनताको नाम अगाडि सारेर माराकाट गर्छन् । एक दललाई अर्को दलले गरेको काम कारवाहिमा चित्त बुझेन भने जनताको नाममा नाराबन्दी, जुलुस, हत्या हिँसा गर्नमा नेपालका दलहरु एकदम सिपालु छन् । तर जुन विषयकोलागी यि कुकृत्य गर्छन ति कुराहरु न जनताले चाहेका हुन्छन् न त त्रि्रो नाममा हामी यसो गरौ है भनेर सोधेका हुन्छन् । फगत हामी जनताको नाममा हाम्रै दोहोलो काटिने गरि मजाक उर्डाई रहेका हुन्छन् । यसलाई एक विडम्बना नै भन्नर्ुपर्छ । किनभने जनताकोलागी भनेर लर्डाई थालिएको दशकौै भई सकेको छ तर जनताको स्तर भने झन झन खस्कँदो छ । राणा कालदेखि पँचायत र प्रजातन्त्र अनि गणतन्त्र या लोकतन्त्रको स्थापना भएको अवस्थामा समेत जनताहरुको अवस्था जहाँको त्यहिँ छ ।

१०४ वर्षे राणा शासनमा जनतालाई जति दमन गरिएपनि तिनिहरुले जनताको नाममा कुनै भाषण या नाराबाजी गरेनन् अपितु जनता सँधै तेश्रो दर्जाको नागरिक रहन बाध्य थिए । त्यसपछि तिनको विरुद्ध २००७ सालमा प्रजातन्त्रको स्थापना भयो तर च्याउ सरह उम्रेका राजनैतिक दलहरु र दरबारको आपसी शक्तिकोलागी खिँचातानीमा जनता घुन नै भई रहे । विचरा जनता मूक दर्शक । दरबार जनताको नाममा शक्ति आफ्नै पकडमा राख्न चाहन्थ्यो भने राजनैतिक दलहरु च्ााहेको शक्तिकोलागी आपसी लर्डाईमा व्यस्त रहेर राष्ट्र् र जनताको भलोलाई कुना पन्छाए अनि जनता सधै घुन नै भई रहे ।

२०१७ सालको पँचायति व्यवस्थाले देश, जनता र राजाको नाममा कठोर र निरँकुश सँविधान लादेर दरबार र दरबारीयाहरु आकास्सिएर धनि र सम्भ्रान्त बने भने बाँकि जनता या त निरिह कर्मचारी, या नाँगो शरीर र भोको पेट बोकेका किसान बनेर जिविका चलाउन बाध्य भए । दिनहुँ रेडियो या टेलिभिजनमा जनताको नाममा खाईने किरियाका भाषणमा आफ्नो नाममात्र सुनिरहे तर प्रत्यक्ष अनुभव र उपभोग भने दिवास्वप्न नै ठानिरहे ।

२०३६ सालको विद्यार्थी आन्दोलनको निहुँमा जारी गरिएको जनमत सँग्रहपनि नितान्त ठट्टा नै रहेको मान्दा अत्युक्ति नहोला । जनताको नाममा गरिएको जनमत सँग्रहको नतिजा जनताको मत विपरित नै आयो तर तथाकथित नतिजापनि जनताकै नाममा दरियो । हुन त तत्कालिन राजनैतिक दलहरुपनि पराजित हुनुमा दोषी भएपनि कसैले यसलाई स्विकार्न सक्दैनन् । यसरी एक पटक फेरि जनता स्वाथी नेता र व्यवस्थाकोलागी गोटि बने र आफु चाहिँ जहाँको त्यहिँ रहे ।

२०४६ सालको आन्दोलनमा अब त केहि होला कि भन्ने आशाले सबै मिलेर पँचायति व्यवस्थाको अवसान गरे र प्रजातन्त्रको पर्ुनर्बहाली गरियो र आशा गरिएका नेतालाई सत्ता सुम्पिइयो । तर ति तथाकथित राष्ट्र् चालकहरु उल्टै तिनै जनताको नाममा अनेक निहुँमा खेलौना बनाउँदै आफु र आफन्तमात्र आकास्सिने उद्यम गरिरहे । चप्पल लगाउने गाडि चढ्ने भए । झुपडिमा बस्ने व्यक्ति महलमा बस्न थाले । यस्तो विकास उनिहरुका मेहनत या व्यवशायबाट नभई चरम भ्र्रष्टाचार र घुसखोरी अनि काण्डहरु मच्चाएर धनि भए । तर जनता विचरा तिनका करतुत चुपचाप लाटाले केरा हेरे झै बाध्य भई रहे । पेट भोकोको भोकै, आँग नाँगोको नाँगै । टायरको धुँवा र बारुदको गन्ध सुँघेको सुँघयै ।
यिनै कारण तथा परिस्थितिलाई कारक बनाई माओवादीहरुले २०५१ सालदेखि सशस्त्र आन्दोलन चाल्यो । शुरु शुरुमा गाउँ टोल, छिमेकमा गन्हाएका तथा भ्र्रष्टाचारीमा गनिएका व्यक्तिहरु उपर तथाकथित भौतिक कारवाही गरेर जनर्समर्थन जुटाउन सफल भयो र शनै शनै यो आन्दोलन देशव्यापी भयो तर यसका साथै हत्याको सिलसिलामापनि बृद्धि भयो । अनेक बहाना तथा कारण देखाई जनताको नाममा थालिएको आन्दोलनले जनतालाई नै त्रसित र आतकिँत तुल्यायो । त्यतिमात्र नभई स्वशासित तथा स्वायत्तको नारा उचालेर एक आपसमा लड्ने र भिड्ने पनि बनायो । अनि जनता जनता नै वैमनश्यको शिकार भएर एकता र भाईचाराको नातामा स्खलन ल्यायो । हराम देखि दैवपनि डराउँछ भने झै माओवादीको अतिपनाले गर्दा अन्ततः शान्तिकामी जनताले सत्तामा पर्ुयायो माओवादीलाई । तर फेरि जनता नै शिकार भए । जनताले सँविधान बनाउन र स्ाविधानको निर्क्याैल नभए सम्म सत्तामा पर्ुयाएको माओवादीले काम कुरा एकातिर भने झै प्रधानसेनापतिको निहुँ उराल्यो । यो प्रकरण चलाउने बेला थिएन । विनासित्तिमा गुहुलाई चलाए गन्ध भने झै अस्थिर राजनितिमात्र निम्त्यायो । तर दलको स्वार्थ पुरा गर्न जनताको र्सवाेच्चताको निहुँमा यस प्रकरणले राष्ट्र उपर सिधै विदेशीको हस्तक्षेप समेत निम्त्यायो । जनताले यो चाहेको या देख्न खोजेका थिएनन् । जनताले मात्र छिटो भन्दा छिटो नयाँ नेपालको सँविधान, शान्ति, सुरक्षा अनि राष्ट्र्को त्रि्रतर विकास देख्न, भोग्न र अनुभव गर्न चाहेका थिए । तर विचरा जनता एक पटक फेरि ठगिए आफ्रनै नाममा । हरे ….।

जनताको नाममा जनताले दिएको निर्देशन पुरा गर्न नसकेर राजिनामा दिएर रिक्त रहन आएको प्रधानमन्त्री पदमा सबै दलहरुमा आपसी भागदौड र लुछाचुँडी भयो । यसै भागदौडमा जनताको नाममा रिक्त प्रधानमन्त्रीको पदमा यस्तो व्यक्तिको चयन भयो जो निर्वाचनमा जनताले नै दुत्कारेका थिए । दर्ुइ दर्ुइ स्थानबाट पराजित व्यक्ति जनताको नाममा राष्ट्र्को प्रधानमन्त्री भए र तिनै व्यक्तिले जनताकोलागी मरिमेट्ने वाचा गरेका छन् । पराजित व्यक्ति नालायक हुन्छ भन्ने छैन । तर यहाँ प्रक्रिया, मूल्य र मान्यताको सवाल हो । नवस्थापित प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको रँगमँचमा एक पराजित व्यक्ति प्रधानमन्त्री र उनकै मातहतमा अर्काे पराजित व्यक्ति मन्त्री हुन्छ भने यो भन्दा ठुलो जनताको उपहास के हुन सक्ला र – यो भन्दा ठुलो प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको उपहास के हुन सक्ला र – यसभन्दा ठुलो पदलोलुपता र दर्रि्रपनाको उदाहरण के हुन सक्ला र – चुनावमा तिरस्कृत व्यक्तिले कुन आधारमा आफुलाई तिरस्कार गर्नेहरुको उद्धार र कल्याण गर्छ भन्ने आशा गर्नु – अनि जनताको नाममा गरिएको सम्बोधन के को आधारमा पत्याउने – राजाको आव्हानमा प्रधानमन्त्रीको पदमा दरखास्त हाल्ने व्यक्तिले राष्ट्र्को नाममा सम्बोधन गर्दा निरकँुश राजतन्त्र भनेर उच्चारण गर्ने व्यक्तिको सपथ कुन हिसाबले पत्याउनु । उपप्रधानमन्त्रीको पदमा नियुक्त हुनेबेलामा आमाको किरिया नबसेर धर्म कर्ममा विश्वास नगर्ने तथा आधुनिक विचारका देखाउनेले प्रधानमन्त्रीको पदको सपथ र कार्यालय सम्हाल्न ज्योतिषि शास्त्र र धर्मकर्मको आड लिने ढोँगीको कसरी विश्वास गर्ने – राष्ट्र्को शक्तिशाली पदकोलागी सपथ गर्दा न त धर्मको नाममा, न त जनताको नाममा सपथ लिने व्यक्तिले राष्ट््र र जनताको हितमा काम कसरी गर्ला भन्ने चिताउने – तर जनताको नाममा प्रधानमन्त्री भएरै छोडे । भलै यस सरकारको दर्ीघायू नहोला तर अपुरै भएपनि सरकार त बन्यो जनताको नाममा । जहाँ फेरि एक पटक जनता ठगिए र दविए जनता आफ्नै नाममा । फगत उपहासित जनता भएर । तर नारा भने सँधै जनताको र्सवाेच्चता नै आकाशमा गुँजायमान भई रह्यो र यो क्रम कहिले सम्म ?

(माइसंसार डट कमबाट साभार)

Related posts:

हामी सबैको नासो: अमेरिका नेपाल सोसाईटीप्रतिको चासो

संयोग कै कुरा हो नोभेम्बर ५ मा हुने अमेरिकाको मध्यावधि चुनावको ठिक पाँच दिन अघि अर्थात अक्टोबर ३१ का दिन अमेरिकाकै

राजधानीमा रहेको नेपालीहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाइटीको सभापति लगायत केहि अन्य पदको निर्वाचन हुने भएको छ | फरक यत्ति हो, अमेरिकाको राष्ट्रपतिहरु (कोहि अपवादको रुपमा विशेष परिस्थितिको कारणले मनोनयनको आधारमा बाहेक) मतदानव्दारा छानिएका छन् भने अमेरिका नेपाल सोसाइटीको सभापति पदको भने मनोनयनको आधारमा छनौट हुँदै आएकोमा सौभाग्यवश ४४ वर्षको इतिहासमा दोश्रो पटक चुनाव हुँदै छ |

संस्था या व्यक्तिले समुदायमा गर्ने गतिविधिप्रति टिका टिप्पणी हुनु स्ववाभिकै  हो | स्थापनाकालदेखि झन्डै तीस वर्ष कुनै उल्लेखनीय काम नगरी निर्विवाद रहँदै आएको यो संस्थाले बढ्दो जनसंख्याको क्रममा जब केहि कार्यक्रमहरु गर्न थाल्यो तब यसप्रति विभिन्न प्रकारका टिका टिप्पणी हुन थाले | दशैं तिहार मेलाले संस्थाप्रति आकर्षण बढाएको क्रममा सन् २००१ पछि अमेरिकाबाट नेपालको लागि या नेपालबाट अमेरिकाको लागि राजदूतको स्वागत कार्यक्रम तथा नेपालबाट आउने मन्त्री या राजनैतिक दलका नेताहरुको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजनाले केहि सिमित व्यक्तिहरुको यस संस्थाप्रति आकर्षण बढेको पाइएको भए ता पनि कतिपय व्यक्तिहरु संस्थाले आफ्नो मूल लक्ष्य गुमाएको भन्ने आरोप लगाउन थाले | अझ पदावधिको बांडफांड पछि त यो संस्था तटस्थ व्यक्तिहरुको माझ ज्यादै नै आलोचित बन्न पुग्यो |

तर अहिले आएर संस्थामा राजनीति भएको या पदकोलागि फोहरी खेल देखेका तटस्थ व्यक्तिहरुको लागिपनि शायद यही चुनावको कारणले हुनु पर्छ संस्थाप्रति केहि चासो जागेको देखिएको छ | प्रजातान्त्रिक मुलुकमा रहेर प्रजान्तान्त्रिक अभ्यास हुन नसकेको यस संस्थामा निर्वाचनको कारणले तटस्थ व्यक्तिहरुको समेत चासो जाग्नु संस्थाको लागि पक्कै सुखद तथा खुशीको कुरा हो | त्यसैको फलस्वरूप स्थानीय एक तटस्थ संचारमा ति दुइ सभापतिका उम्मेदवार एकै ठाउँमा राखेर यस्तो प्रकारको पहिलो एक छलफल कार्यक्रमपनि गरेको थियो |

यति लामो ईतिहासमा अहिलेसम्म दुइ पटक बाहेक चुनाव किन भएन त भन्ने प्रश्नको उत्तर खोज्दा एउटा सहज उत्तर भेटिन्छ: एक- त्यतिबेला नेपालीहरुको सिमित संख्या र दोश्रो- स्वयमसेवक भएर संस्थालाइ नेतृत्व दिन चाहने व्यक्तिको खाँचो | त्यसै भएर आपसी सल्लाहको आधारमा यसपछि उ र उ पछी उ को आधारमा व्यक्तिहरुको चयन हुँदै संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो | तर बढ्दो जनसंख्याको क्रममा यसप्रतिको चासोमा वृद्धि हुनुका कारणले सन् २००८-२०१० को पदावधिकोलागि संस्थाका आन्तरिक पदाधिकारीहरु नै सभापति पदकोलागि प्रत्यासी भए ता पनि प्रजातान्त्रिक ढंगबाट चुनाव हुन नदिई पदावधि बाँडफाँड गरि एक वर्ष एक जना र अर्को वर्ष एक जना सभापति हुने गरि निर्वाचनकोलागि पुगेका मतदाताहरुको खिल्ली उडाउँदै आन्तरिक निर्णय गरियो | संस्थाको ईतिहासमा दोश्रो पटक हुन लागेको चुनावलाइ यसरी टारियो भने संस्थाप्रति अलिकति आस्था या लगाव राख्नेहरुकोलागि ‘कहीं नभएको जात्रा, दुखद र लाज मर्दो’को विषय बन्यो | लामो समयदेखि यस क्षेत्रमा बस्दै आएकाहरुलाई समेटेर जानु पर्नेमा ति व्यक्तिहरु टाढा हुँदै जानु यस्ता क्रियाकलापको प्रतिफल थियो | नयाँ नेपाली आप्रवासीहरुको दिनहुँ वृद्धि भै रहेको क्रममा यस संस्थाले त्यस्ता नयाँ व्यक्तिहरुको उपस्थितिमा आफुले गरेका कार्यक्रमहरु सफल भएको मान्दै पुराना सदस्यहरु पाखा लाग्दै गएको चाल नपाउनु संस्थाको कमजोरीको रुपमा लिन सकिन्छ | फलस्वरूप संस्थाको आजीवन सदस्य संख्यामा उल्लेख्य वृद्धि हुनु पर्नेमा हालसम्म कूल १२२ मात्र आजीवन सदस्य हुनु नैराश्यताको द्योतक हो भन्न सजिलै सकिन्छ | (हेर्नुहोस्)

अर्को कुरा संस्थाको सदस्यता के का लागि भन्ने पनि अहम् प्रश्न रहेको छ | परिवारको २०.००, व्यक्तिको १०.०० तथा आजीवन सदस्य शुल्क १००.०० डलरमात्र हुँदाहुँदै पनि यसको सदस्य संख्या ज्यादै न्यून रहेको छ | ‘कार्यकारी पदको लागि हुने चुनावमा मताधिकारकोलागि सदस्यता’ भन्ने हो भने निर्वाचन नै हुन पाउँदैन | अनि संस्थाको उद्देश्य अनुरुप हुने गरेका कामहरु या त ज्यादै न्यून छ या त छंदै छैन या त राजनैतिक विचारले अभिप्रेरित भएका छन | त्यसकारण यसप्रति नैराश्यता बढ्नु स्वभाविक हो |

तर यस पटक आगामी दुइवर्षे पदावधिकोलागि संस्थाप्रति बढेको आकर्षणको कारणले स्वयमसेवकको खाँचो अनुभूति भएन भने अर्को तर्फ यसैको परिणाम स्वरूप हुन लागेको चुनावले यस क्षेत्रका तटस्थ व्यक्तिहरुहरुकोपनि चासो बढेको छ | यो चासो संस्थाकोलागि सकारात्मक र सुखद संकेत हो भने नव निर्वाचित पदाधिकारीहरुले वृद्धि भएको यस्ता गुनासो तथा चासोलाई महत्व दिई निरपेक्ष संस्थाको रुपमा बढी भन्दा बढी जनसमुदायलाइ समेटेर सामुहिक नेपाली तथा नेपालको हितमा अर्थात विशुद्ध सामाजिक कार्य गर्ने छ भन्ने सबैले आशा लिएका छन् |

केहि सकारात्मक कार्यहरु:

अमेरिकी प्रवासमा आएका नवागन्तुक नेपालीहरुलाई विशेष गरी चाड पर्वमा आफ्ना आफन्तको सम्झनाको सहारा बनेर आउनेहरुकोलागि दशैं तिहार मेलाको आयोजना एउटा उल्लेखनीय कार्य मान्नै पर्ने हुन्छ | सेल रोटि लगायत अन्य नेपाली परिकारहरु मेलामा उपलव्ध गराउनुका साथै वर्षमा एकदिन भएपनि जमघट र भेटघाट हुने थलो उपलव्ध गराएर प्रशंसनीय कार्य गर्दै आएको छ |

त्यस्तै संस्थाबाट नेपाल र अमेरिकाविच सम्बन्ध राम्रो कायम गर्ने एउटा उल्लेखनीय काम पनि भएको छ | त्यो हो नेपालकोलागि मनोनित अमेरिकी राजदूतको स्वागत कार्यक्रम | आफ्नो कार्यकालकोलागि जुन देशमा जान लागेको हो त्यसै देशका मानिसहरुले आफ्नै देशमा शुभकामना दिने तथा स्वागत कार्यक्रम गर्नुले त्यस्ता कुटनितिज्ञहरुमा पक्कै एउटा सकारात्मक संदेश दिने गर्छ | जसले दुइ देशको सम्बन्धमा केहि न केहि सुखद सम्बन्धका असर छोड्छ | हालसम्म नेपालको लागि तीन राजदूतहरुलाई स्वागत कार्यक्रम गरि सकिएको छ |

तर अफसोचको कुरा, माथिका काम र विगतमा यदाकदा एक दुई सांस्कृतिक कार्यक्रमहरु बाहेक सोसाइटीको उद्देश्य अनुरुप नेपाली भाषा तथा संस्कृतिको उत्थान, संरक्षरण तथा सम्वृद्धिमा संस्थाले आफ्नो समय कहिल्यै खर्चिएको उदाहरण देखिंदैन |

केहि सुझावहरु:

झन्डै ५५ ५६ संस्थाहरु रहेको यस क्षेत्रमा छाता संगठनको रुपमा आफुलाई स्थापना गराउन पहल गर्नुपर्छ | ति संस्थाहरुको उद्देश्यलाइ बुझेर तिनलाई अमेरिका नेपाल सोसाइटीले के कस्तो सहयोग गर्न सक्छ भन्ने विषयमा कार्यगत योजना बनाउनु पर्छ | वर्गीय, जातीय तथा नेपालको स्थान विशेष नामको आधारमा स्थापना भएका संस्थाहरुसंग त्यस्तै अनुरुपका इक्षा बोकेका व्यक्तिहरुको सम्बद्ध हुनु आआफ्नो चासो र रुचिको विषय भए पनि त्यसबाट निरपेक्ष भएर बस्न चाहनेहरुकोलागी भने अनेसो सार्वजनिक थलो हो | त्यसकारण अमेरिका नेपाल सोसाइटीले सबै प्रकारका व्यक्ति र संस्थालाइ ओगट्ने क्षमता राख्नु पर्छ भन्ने सबैको आवाज रहँदै आएको छ | कुनै राजनैतिक आग्रह-पूर्वाग्रह बिना अन्य संस्थाहरुसंग कार्यगत एकता तथा नेतृत्व प्रदान गर्नाले समाजमा ‘हामी एक छौं’ भन्ने सबल संदेश दिन सफल हुने छ |

निर्वाचनकोलागि आफ्नै नियम त छंदै छ | संस्थाको आय भन्नु सदस्यता शुल्क हो | तर सदस्यता बन्न कुनै सिमित अबधि तोकेर संस्थाले आफ्नै खुट्टामा बन्चरो हानेको छ | उदाहरणकोलागि यस पटकको निर्वाचनकोलागि सदस्यता लिने समय समाप्त भै सकेको छ | तर चुनाव हुने वातावरणले चुनावमा सहभागिता जनाउन चाहने तर सदस्यता लिन चुकेकाहरुकोलागि त्यस सिमित अवधिले वन्चित त गर्यो नै | यि सदस्यहरुबाट आउने सदस्य शुल्क संस्थाले गुमायो पनि | बरु चुनावकै दिनसम्म पनि चुनाव स्थलको एउटा छेउबाट सदस्यता लिएर अर्को छेउमा मतदान गर्न पाउने व्यवस्थाको सोच राखेको भए बढी भन्दा बढी मानिसको सहभागिता हुने त थियो नै, चुनाव रोचक पनि हुने थियो र साथसाथै संस्थाको आयमा पनि वृद्धि हुने थियो | यो संस्था कुनै राजनैतिक विचारधाराबाट अभिप्रेरित नभएकोले मतदाताहरु तथा उम्मेदवारहरुपनि सोहि किसिमको हुने हुनाले सदस्यता प्रदान गर्न उदारता अपनाउनु पर्छ भन्ने तर्क गरिएको हो | संस्था तथा समाजको हितमा यस्तो लचकता हुनु राम्रो हो भन्ने यस लेखको आशय हो |

अमेरिकीहरुको अग्रसरतामा स्थापित यो संस्थामा अहिले नेपालीहरुको वर्चस्वमा वृद्धि भएको छ | अमेरिकी नागरिकहरुको सहभागितामा न्यूनता आएको छ | स्थानीय अमेरिकीहरुको सहभागिताले दुइ देशका जनताविच आपसी सद्भाव तथा सहयोगमा वृद्धि गराऊन मद्दत गर्दछ | त्यसकारण, कार्यकारी पद लगायत सदस्यहरुको संख्यामा अमेरिकीहरुलाई पनि सम्मिलित गराउन वृहत कार्य योजना बनाउनु पर्छ | अझ भन्ने हो भने स्थापनाकालको जस्तो स्थानीय अमेरिकीलाई नै संस्थाको केहि प्रमुख पदको भार ग्रहण गर्न दिएमा दुइ समुदायवीच राम्रो सामन्जस्यता हुने थियो भन्ने लागेको छ | स्थानीय व्यक्तिहरुलाइ नेपाली संस्थामा प्रवेश दिने या स्थान दिने यो सोचाई अमेरिकामात्र होइन संसारका जुनसुकै कुनामा बसेर संगठित भएका नेपाली संगठनहरुमापनि लागु गर्न सकिन्छ |

 जे होस् यो लेखक आफैं पनि यस पटक चासोकासाथ केहि लेख्ने या छलफल गर्ने गराउने कार्य गरेको छ | सोसाइटीप्रति बसेको नकारात्मक धारणा समाजबाट हटोस, नवनिर्वाचित पदाधिकारीहरुले सोसाइटीको मात्र निहित उद्देश्य र स्वार्थ अनुरुप काम गरुन् या गर्न सफल हुन् र बढी भन्दा बढी जनसमुदाय यसमा संलग्न होस् भन्ने हेतुले यो लेखको जन्म भएको हो भन्दै आउँदो तिहारको उपलक्ष्यमा सम्पूर्ण पाठकहरुमा शुभकामना !

अस्तु |

(नेपालहोराइजन्स डट कमबाट साभार)